यौटा गल्ती आफ्नै हाड–नाताभित्र भयो
अर्को गल्ती प्रहरीकै हाताभित्र भयो
अँधेरीको छेल पारी के के गरे, गरे
सबै कुरा सँगै ओत्ने छाताभित्र भयो
खल्ती भर्न पल्केकाले न्याय बेच्न खोज्दा
नगदको कारोवार खाताभित्र भयो
अबोध त्यो बालकको...
प्रेमलाई एउटा पवित्र आदर्श सम्झेर हदैसम्मको प्रेम गथ्र्यो ऊ । उपासना र साधना सम्झेर पूजा गथ्र्यो । नैतिक संस्कारबाट हुर्किएको ऊ प्रेमेभित्रका वर्तमान विकृतिहरु केलाएर गहन विश्लेषण गथ्र्यो र विकृत्योन्मुख पृष्ठभूमिको वर्तमान समाजमा...
विभिन्न असहमतिका वुँदाहरुमा सहमति गर्ने प्रयासका वावजूद पनि वार्ता भंग भई उनीसँग बिछोडिएपछि निरर्थक जीवन लिएर घर, परिवार, आफन्त सब त्याग गरी गन्तव्यहीन यात्रामा निस्किएको यात्री म । कहाँ जाने, के गर्ने, के खाने, केही निश्चय थिएन...